एमालेमा आज दुई सय भित्रिँदै

UML-party-office-ST_2012062काठमाडौं, २८ जेठ । एमालेले आफ्नै पूर्वनेता तथा कार्यकर्ता र अन्य पार्टीका नेतालाई पार्टीमा भित्र्याउन मंगलबार पार्टी प्रवेश कार्यक्रम राखेको छ । मंगलबार पार्टी मुख्यालय बल्खुमा प्रवेश तथा स्वागत कार्यक्रम राखिएको हो । यसअघि पूर्वनेता कार्यकर्ता तथा अन्य पार्टीका नेताहरूलाई भित्र्याउन एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले विभिन्न चरणमा कुरा गरेपछि मंगलबार केही नेताले एमाले प्रवेश गर्न लागेका हुन् । पार्टी प्रवेश कार्यक्रम पहिलो चरणमा मंगलबार राखिएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए । पार्टीको विभाजन र पुन: एकता भए पनि पहिले मन्त्री र सांसदको समेत भूमिका निर्वाह गरेका केही कार्यकर्ता एकीकरण प्रक्रियामा समावेश भएका थिएनन् । पूर्वकार्यकर्ता, अन्य पार्टीका नेता तथा केही स्वतन्त्र व्यक्तिलाई समेत एमालेले पार्टी प्रवेश गराउन लागेको हो ।

प्रतिक्रिया