जीवन पपुलर नायक/महलाई लाइफटाइम एचिभमेन्ट

Jeevan-Luitelsकाठमाडौं : हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको छ । आइतबार जमलस्थित राष्ट्रीय नाचघरमा पहिलोपटक आयोजना भएको ‘ओफा अवार्ड ०७०’मा यी कलाकारलाई सम्मान प्रदान गरिएको हो । उनीहरूलाई चलचित्रकर्मी नीर शाह, यादव खरेललगायतले ट्रफी, ताम्रपत्र, माला र खदाले सम्मान गरे ।
सम्मान ग्रहण गरेपछि मह जोडीले आफूलाई समग्र फिल्म क्षेत्रले सम्मान गरेको धारण राख्दै आफूहरूलाई उमेर छिप्पिएको भान भएको बताए । उनीहरूले अझै कलाको क्षेत्रमा अझै धेरै योगदान दिन बाँकी रहेको बताए । कार्यक्रममा कलाकार श्रेष्ठले आफूलाई बूढो भए जस्तो लाग्न थालेको बताए । उनले भने, ‘बाटोमा धेरै पाका महिलाले जिक्याउँछन् । पाका महिलाले पाकाले नै जिस्क्याउने भएकोले आफ्नो उमेर पाको महसुस भएको छ ।’
अनलाइन पत्रिका फिल्मिखबर डटकमले आयोजना गरेको कायक्रममा १३ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा नायक जीवन लुइटेल पपुलर एक्टर घोषित भए । त्यस्तै स्क्रिप्ट राइटरमा विकास आचार्य, निर्देशक सुरज सुब्बा नाल्बो, नवनिर्देशक प्रविध स्याङ्बो, नवनायिका प्रियंका कार्की, नवनायक संयम पुरीले आ–आफ्नो विधामा पपुलर अवार्ड हात पारे । संगीतकार वसन्त सापकोटा, सम्पादक विपिन मल्ल, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, छायाकार सञ्जय लामासमेतले पपुलर अवार्ड हात पारे । त्यस्तै, फिल्मको सफलतामा हलवालाको महत्त्वपूर्ण भूमिका हुने भन्दै अष्टनारायण हललाई एक्जिविटर अफ दि इयर अवार्ड प्रदान गरिएको थियो ।
हास्यकलाकार जोडी दीपकराज गिरी र दिपाश्री निरौलाले धरान महोत्सवका विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्रर मरवैता ‘पप्पु’को विषयमा प्रहार गरेको व्याङग्य कार्यक्रमको अर्काे आकर्षक पाटो बन्यो । गजित विष्ट, यशराज, प्रियंका कार्कीलगायतले नृत्य गरेका कार्यक्रममा जिना घतानी, आस्था राउत, प्रल्हाद तिमिल्सिना, मिलन अमात्यले गीत गाए । नेपाली चलचित्रमा योगदान पुर्‍याएको भन्दै आयोजकले थ्री लभर्सका निर्माता तथा नायक देवु श्रेष्ठलाई जुरी अवार्ड प्रदान गर्दा उक्त अवार्डको उपस्थित चलचित्र कर्मीले आलोचना गरे ।
अभिनेता अभिनेत्री केकी अधिकारी र संयम पुरीले केटाकेटी शैलीमा प्रस्तुत गरेको अवार्ड् फिल्मिखबर डटकमले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको हो । (सौस)

प्रतिक्रिया