मैथली चलचित्र महोत्सव हुने

resizeकाठमाडौं : पछिल्लो समय भाषिक चलचित्र निर्माण हुने क्रम दिन प्रतिदिन बढ्दो छ । चलचित्रको निर्माणमा छाएको तीव्रतासँगै यस्ता चलचित्रका उत्थान र सम्बर्धनका लागि महोत्सव पनि हुने गरेका छन् । यसतैमा मैथिली चलचित्रको उत्थान एवं विकास गर्ने उद्देश्यले विराटनगरमा मैथिली चलचित्र महोत्सव–०७० आयोजना हुने भएको छ ।
लामो समयदेखि नेपालमा मैथिली चलचित्र निर्माण भए पनि यसको प्रचारप्रसारको अभावमा चलचित्र क्षेत्रको विकास हुन नसकेकाले मधेस फिल्ड डेभलपमेन्ट एसोसिएसनले महोत्सवको आयोजना गर्न हालै विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी चलचित्र विकास बोर्डका सदस्य रामकुमार मण्डलले जानकारी गराए ।
आगामी पुसमा आयोजना हुने महोत्सवका लागि यही असारबाट चलचित्रको दर्ता प्रक्रिया थालिनेछ । (सौस)

प्रतिक्रिया