विश्व पारा तेक्वान्दोमा यादवलाई कांस्य

yaav-kuwarकाठमाडौं : पहिलो सहभागितामै नेपाली खेलाडी यादव कँुवरले चौथो डब्लुटिएफ विश्व पारा तेक्वान्दो प्रतियोगितामा कांस्य जितेका छन् ।
पहिलो खेलमा यादवले ब्राजिलका अल्मेडा फ्लेवियालाई ५–३ ले पराजित गरे । सेमिफाइनलमा रुसका इसाडिविरोभ मागोनेजागिरसँग यादव ५–११ ले चुके । जनार्जन केसीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिता शनिबार स्विट्जरल्यान्डको लौसानमा भएको थियो । नेपालले पारा तेक्वान्दोमा सहभागिता जनाएको यो पहिलोपटक हो । (सौस)

प्रतिक्रिया