पुण्यमान पेङगुइन चेस च्याम्पियन

winners-with-organizer-Ms-Eकाठमाडौं : पूर्वराष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यले रोयल पेङगुइन एमेच्योर र्‍यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । सात चरणको खेलमा ६ जनाले समान ५.५ अंक बटुले पनि टाइब्रेकरमा उनी पहिलो भए । समान अंक भएका हिमाल लामा दोस्रो, राजेन्द्र बज्राचार्य तेस्रो, विवेक थिङ चौथो, धर्म लामा पाँचौँ र राजेन्द्र श्रेष्ठ छैटाँै भए । ५ अंक भएका कृष्णमान महर्जन, श्यामसुन्दर श्रेष्ठ, मणिराज डाँगी र दीर्घराज जोशी साताँैदेखि १०आँै भए । ५ अंक नै भएका सन्तोष गौतम संयुक्त रूपले दसौँ भए । जम्मा ४० हजार पुरस्कार राशी रहेको प्रतियोगितामा नेपाल, सिंगापुर र रुसका गरी ६३ खेलाडीको सहभागिता थियो । आयोजक होटलकी निर्देशक एल्काले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरिन् । (सौस)

प्रतिक्रिया