बन्धक बनाउन खोज्ने चार जना पक्राउ

aapharanकाठमाडौं, २५ जेठ । लेनदेनको विषयमा व्यापारी अपहरण गरेर बन्धक बनाउन खोज्ने चार जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा जिल्ला खारे–२ घर भएका ३० बर्षीय दाछिरी शेर्पा, ३२ बर्षीया चरीमाया तामाङ, सिन्धुपाल्चोक जिल्ला महाकाल–४ का ३३ बर्षीय ग्याल्जेन शेर्पा र गोरखा जिल्ला भैरुम–५ घर भएका ३२ बर्षीय केशव पुडासैनी रहेका छन् ।
उनीहरुले शुक्रबार ईमिरेटेस ट्राभल्स प्रालि कमलादीका मेनेजिङ डाईरेक्टर राजु मालुलाई मण्डिकाटारमा बोलाई बन्धक बनाई लेनदेनको कागज गराउन लागेका थिए । राजुको स्थायी घर झापामा पर्छ ।
राजु बन्धक परेको खबर पाउना साथ पुगेको प्रहरीले उद्धार गरेको जनाएको छ । कपन राममन्दिरस्थित ग्रिन भ्याली रेष्टुरेन्टमा राजुलाई राखेर बन्धक बनाउन थालिएको थियो ।

प्रतिक्रिया