विदित र संगीतालाई उपाधि

काठमाडौं, २४ जेठ । नवौँ अन्नपूर्ण अन्तर स्कुल बुद्धिचाल प्रतियोगिताको १० वर्षमुनि उमेर समूहमा छात्रतर्फ अपी स्कुलका विदितप्रताप सिंह र छात्रातर्फ भानुभक्त उमाविकी संगीता केसीले उपाधि जितेका छन् । दुवैले स्विस लिग पाँच चरणको खेलमा पाँच अंक जोडेका थिए । त्यस्तै, यु–१२ छात्रातर्फ पायोनियर इन्टरनेसनल स्कुल, कपनकी अनिसा न्यौपान प्रथम भइन् । समान चार अंक भए पनि टाइब्रेकरमा भानुभक्त उमाविकी सविना कार्की दोस्रो र अन्नपूर्णकी खुस्बुकुमारी जैसवाल तेस्रा भइन् । त्यसैगरी, छात्रा यु–१४ समूहमा ख्वप्रिङ एकेडेमी भक्तपुरकी अन्जना बोहजु ५ अंकका साथ प्रथम भइन् भने यु–१६ समूहमा स्वर्णिम स्कुलकी कुमुदिनी पन्त प्रथम भइन् । उनले पाँच खेलमा साढे चार अंक हासिल गरेकी थिइन् ।

अन्नपूर्ण उमाविद्वारा आयोजित प्रतियोगिताको छात्रतर्फ पाँच चरणका खेल सम्पन्न भए । जसमा यु–१२ तर्फ सरस्वती बोर्डिङ स्कुलका सुगम महर्जन, यु–१४ मा महाँकाल माविका सुमन बस्नेत र यु–१६ मा स्वर्णिम स्कुलका शेशन श्रेष्ठ अग्रस्थानमा रहेका छन् ।
तीनदिने प्रतियोगितामा ३५ वटा स्कुलबाट २ सय २६ जना खेलाडी सहभागी छन् । शुक्रबार दिउँसो १:०० बजे पुरस्कार वितरण कार्यक्रम रहेको छ ।

प्रतिक्रिया