पहिरोमा पुरिएर आठजनाको मृत्यू (अपडेट)

Taplejungताप्लेजुङ, २३ जेठ । ताप्लेजुङ जिल्लामा लगातारको बर्षासंगै झरेको पहिरोमा पुरिएर एकै परिवारका आठजनाको मृत्यू भएको छ । पहिरोमा पुरिएर तीन जना बेपत्ता छन् ।
बिहीबार मध्यराति झरेको पहिरोमा अष्टबहादुर शिवाका सबै परिवार पुरिएका हुन् ।
पहिरोमा पुरिएर मृत्यू हुनेमा ६५ वर्षीय अष्टबहादुर शिव, ६० वर्षीया जयामाया शिवा, ३० वर्षीय सलमान शिवा, ३५ वर्षीया मनमाया शिवा, १३ वर्षीया नानीराम शिवा, ११ वर्षीय खगेन्द्र शिवा, ८ वर्षीय नैनाकला शिवा र ५ वर्षीय आशिष शिवाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पहिरोमा पुरिएर २८ वर्षीय तेजबहादुर शिवा, २९ वर्षीय मुना शिवा र ३ वर्षीया बालिका एशिका शिवा बेपत्ता छन् ।
पहिरोमा पुरिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयले प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया