यादव नेतृत्वको मोर्चाले सरकारलाई दवाव दिने

Upendra-Yadavकाठमाडौं, २२ जेठ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले आफूले अघि सारेका माग पुरा गराउन सरकारलाई दवाव दिने निर्णय गरेको छ ।
मोर्चाको आज (बुधबार) राजधानीमा बसेको बैठकले चार दलीय राजनीतिक समिति खारेज, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन फिर्ता लगायतका माग पुरा गराउन दवाव दिने निर्णय गरेको हो । मोर्चाले माग पुरा गराउन कडा संघर्ष गर्ने निष्कर्ष पनि निकालेको छ ।
फोरम अध्यक्ष यादवले सरकारलाई ज्ञापन पत्र बुझाएर माग पुरा गराउन एकसाताको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिए । ‘हाम्रा माग पुरा गराउन सरकारलाई एकसाताको अल्टिमेटम दिने निर्णय भएको छ,’ उनले भने ।
विभिन्न माग राखेर आन्दोलनरत मोर्चाले अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया