माओवादीको सुरुवात र अन्त्य रोल्पा : पौडेल

Ram-chandra-paudel-Sourya-Dरोल्पा, २२ जेठ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले रोल्पाबाट जन्मेको माओवादी रोल्पामै समाप्त हुने दावी गरेका छन् ।
नेपाल प्रेस युनियन रोल्पाले आज (बुधबार) सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा रोल्पाबाट फैलिएको माओवादी गलत गतिविधिका कारण रोल्पामै अन्त्य हुन लागेको बताए ।
‘सशस्त्र युद्धका माध्यमबाट ठूलो पार्टी बनेको एमाओवादीको अन्त्य पनि रोल्पाबाटै हुन लागेको छ,’ उनले भने, ‘रोल्पाली निमुखा जनतालाई हौस्याएर रोल्पालाई नै उद्गमथलो बनाई बन्दुकको सहारामा सत्तासम्म पुगेको एमाओवादीको समाप्ति रोल्पाबाटै हुन्छ ।’
युद्धका बेला रोल्पाली जनतासँग सिस्नो/ढिँडो खाएर जनयुद्धको रणनीति बनाएका अध्यक्ष प्रचण्डले युद्ध सकिएको घोषणा गर्नुपर्ने बताए ।
नेता पौडेलले खिलराज रेग्मीको बिरोध गर्नु भन्दा पनि सम्पूर्ण दल तथा नागरिक समाजले चुनावको उचित वातावरण बनाउन लाग्नुपर्ने बताए ।

प्रतिक्रिया