काठमाडौं टिम प्रथम

volley-ballकाठमाडौं : मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि काठमाडौंले मंगलबार जितेको छ । २ सय ९ अंकसाथ काठमाडौं समग्रमा च्याम्पियन बन्यो । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा चितवन १ सय ५७ अंकसाथ दोस्रो तथा नुवाकोट ५२ अंकसाथ तेस्रो भए । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पारे ।
भलिबलमा पनि काठमाडौं अगाडि
प्रतियोगिताअन्तर्गत भलिबलको छात्र र छात्रा दुवैमा काठमाडौंले बाजी मार्‍यो । अघिल्लो दिन एथलेटिक्समा पनि काठमाडौं कुल १ सय ३९ अंकसाथ पहिलो भएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्
(राखेप) को कभर्डहलमा भएको छात्रको फाइनलमा काठमाडौंले चितवनलाई २५–१३, २५–२१, २५–२७ र २५–१९ को सेटमा पराजित गर्‍यो । छात्राको उपाधि भिडन्तमा काठमाडौंले ललितपुरलाई सिधा सेटमा २५–६, २५–११ र २५–६ ले निराश पार्‍यो । विजेतालाई राखेप सदस्य–सचिव युवराज लामा, आयोजक समितिका अध्यक्ष राजकुमार कार्की र कार्यालय प्रमुख मोहम्मद ज्याउल इस्लामलगायतले पुरस्कार प्रदान गरे । (सौस)

प्रतिक्रिया