आन्तरिक पर्यटकले धान्दै होटल व्यवसाय

भक्तपुर, २२ जेठ । नगरकोटमा रहेका अधिकांश होटल तथा रेस्टुराँ आन्तरिक पर्यटकको भरमा चलिरहेका छन् । सरकारले विभिन्न समयमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित गरेको योजना पूर्णरूपमा सफल हुन नसकेपछि शनिबार र अन्य बिदा दिनमा समेत आन्तरिक पर्यटकको आगमन राम्रो हुने गरेको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव दीपक लामिछानेका अनुसार नगरकोट आउनेमा आन्तरिकपछि सबैभन्दा धेरै भारतीय पर्यटक रहेको उनले बताए । उनले भने, ‘समितिले यस क्षेत्रको विकासका लागि व्यवसायीसँग सहकार्य गरेर अघि बढिरहेको छ ।’
काभ्रेको बालुवापाटी देउपुर र भक्तपुरको नगरकोटको संगममा रहेको सुन्दर क्षेत्र नगरकोटमा साना–ठूला गरी ४३ वटा होटल छन् । सानादेखि तीनतारे होटलसम्म भएको यस क्षेत्रमा पर्यटकले आºनो चाहनाअनुरूपका होटलमा बस्न सक्ने वातावरण छ । नगरकोटमा क्लब हिमालय, कन्ट्री भिला, स्पेस माउन्टेनलगायत होटल धेरै पर्यटक राख्न सक्ने क्षमताका छन् । नेपालका सबै पर्यटकीय गन्तव्यमा जस्तै स्तरीय पर्यटकको यस क्षेत्रमा पनि अभाव छ । सेवा र सत्कार मात्र राम्रो खोज्ने तर सेवाअनुसारको शुल्क तिर्न नसक्ने पर्यटकले गर्दा व्यवसायमा समस्या आएको अधिकांश व्यवसायीको बुझाइ छ । स्वच्छ सफा र पारिवारिक वातावरणमा रहेर आनन्दका साथ होटलमै बसेर सूर्याेदय र सूर्यास्तको मजा लिन धेरैको गन्तव्य नगरकोट हुने गरेको छ । आगन्तुकको रोजाइअनुरूप गुणस्तरीय सेवा प्रदान गर्न सकिने होटल इलाफेन्ड हेडका सञ्चालक गोकुल लामिछानेले बताए । उनले पर्यटकको चाहना गरेअनुसार आफूहरूकामा भएका सेवा–सुविधा उपलब्ध गराउन व्यवसायी तयार रहेको बताए ।
नगरकोटका होटलमा बस्ने पर्यटकबाहेक पिकनिक, भम्रण अध्ययनलगायत विभिन्न कामका लागि समेत मानिस जाने गर्छन् ।
काठमाडांै मनमैजुबाट साथीहरूसँग वनभोज आएका श्याम फुँयालले शान्त र सुन्दर नगरकोटमा पानी र सार्वजनिक शौचालयको व्यवस्था नहुनाले समस्या भएको बताए । होटलबाट ºयाँकिएका फोहोरको उचित व्यवस्थापन नहँुदा र कतिपय होटलले नजिकैको कुसुम सामुदायिक वनमा फोहोर ºयाँक्दा नगरकोटको वनक्षेत्र प्रदूषण भएको स्थानीयको आरोप छ । सुन्दर, सफा गन्तव्यलाई सधैँ सुन्दर राख्न स्थानीय समुदाय होटल व्यवसायी र अन्य सरोकारवाला सचेत हुनुपर्ने देखिन्छ । भारत, चीन, युरोपेली, अमेरिकीलगायत हजाराँै र नेपालका लाखौँ पर्यटकले बर्सेनि नगरकोट घुम्ने गरेका छन् ।
भेडेटारमा होटल व्यवसाय बढ्दो
इटहरी : पूर्वको पर्यटकीय क्षेत्रमध्येको मनोरम स्थलका रूपमा स्थापित सुनसरी र धनकुटा जिल्लाको सिमानामा रहेको भेडेटारमा पछिल्लो समयमा होटल निर्माण गर्ने कार्य तीव्र बनेको छ । विशेषगरी भारतीय पर्यटकको गन्तव्यस्थलका रूपमा स्थापित भेडेटारमा चिसो मौसममा रात बिताउने तथा विभिन्न किसिमका गोष्ठी, सेमिनार र तालिम सञ्चालनका लागि पनि यहाँ आउन थालिएका कारण यहाँ ठूला होटल थपिने क्रम तीव्र बनेको हो । धरानबाट आधा घन्टामै चिसो ठाउँको नयाँ अनभूति गर्न पाइने भएकाले पनि यहाँ धरान तथा तराईका मानिस चिसोको रमाइलो लुट्न यहाँ ओइरिने गर्छन् । वनभोजको मौसममा त भेडेटार क्षेत्रमा मानिसको पाइला राख्ने ठाउँ नै हुँदैन ।
भेडेटार भ्यु टावर गएर चिसो आनन्दसँगै पूर्वी तराईका हरियाली फाँटसँगै पूर्वीपहाडी क्षेत्रमा रहेका हिमशृंखलाको रमाइलो दृश्य हेर्न सकिने भएकाले पनि धेरै मानिस भेडेटार जान लोभिने गरेको पाइन्छ । पछिल्लो समयमा यस ठाउँमा ठूला र सुविधासम्पन्न २५ वटा होटल थपिएका छन् । एक करोडभन्दा बढी लगानीमा निर्माण भएका यसप्रकारका होटलले आगन्तुक पाहुनालाई आवश्यक्ताअनुसारका सुविधा प्रदान गर्दै आएको होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र राईले बताए । आन्तरिक पर्यटकबाहेक भारतबाट ठूलो संख्यामा पर्यटक आउने भेडेटारमा तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको पाइन्छ । अहिलेसम्म निर्माण भइसकेका होटलमध्ये ग्रिन हेभन, होटल भेडेटार भ्यू, अरुण भ्यालीलगायत ठूला होटलका रूपमा परिचित छन् । यी ठूला होटलबाहेक स–साना रेस्टुरेन्ट र होटलको संख्या पनि बढी रहेको तथा आन्तरिक र बाह्य पर्यटकको गन्तव्यस्थल नै बनेकाले भेडेटार पछिल्लो समयमा आएर पर्यटकले ‘गुल्जार’ बन्दै गइरहेको छ ।

प्रतिक्रिया