शिक्षक युनियनको पाँचथर अधिवेशनमा लफडा

पाँचथर : नेपाल शिक्षक युनियन पाँचथरको तेस्रो जिल्ला अधिवेशन स्थगन भएको छ ।
नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबीच चुनावी प्रक्रियामा विवाद भएपछि मंगलबार नयाँ कार्यसमिति चयन नगरी अधिवेशन स्थगन भएको हो । संगठनले युनियनको अधिवेशन र प्रतिनिधि छनोट इलाकास्तरबाट गरी जिल्ला अधिवेशन गर्नुपर्ने अडान लिएपछि अधिवेशन रोकिएको हो । संघले भने युनियनको अधिवेशन जिल्लामा मात्र केन्द्रित गराउनुपर्ने अडान राखेको छ ।
जिल्ला सदरमुकाम फिदिममा सोमबार सुरु अधिवेशन सम्पन्न गर्न संघ र संगठनका पदाधिकारीबीच मंगलबार बिहानदेखि पटक–पटक समहतिको प्रयास भएको थियो । सहमतिको प्रयास व्यर्थै भएपछि जिल्ला अधिवेशन स्थगित हुन पुगेको संघका जिल्ला अध्यक्ष वीरेन्द्रकुमार खड्काले बताए । युनियनको अधिवेशनका लागि गाउँ वा इलाकास्तरबाट प्रतिनिधि छनोट गरेर मात्र जिल्ला अधिवेशन गर्नुपर्ने प्रावधान रहे पनि संघ एकलौटी निर्णयमा अघि बढ्न खोजेकाले अधिवेशन बहिष्कार गरिएको संगठनका जिल्ला अध्यक्ष मनरथ चापागार्इंले बताए ।

प्रतिक्रिया