गुल्मीका चार एफएम रेडियो बन्द

Karnali-Aawaj-Fm-Humla

गुल्मी, २१ जेठ । विद्युत् नियमित रुपमा आउन छाडे पछि बिरोधमा गुल्मी जिल्लाका एफएम रेडियोहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।
विद्युत् नियमित आउन छाडे पछि एफएम सञ्चालन गर्न कठिनाई भएको भन्दै ४ वटा एफएम रेडियो बन्द भएका हुन् । उनीहरुले विद्युत् नियमित नहुँदा सम्म सञ्चालन गर्न नसकिने जनाएका छन् ।
२४ घण्टा सम्म विद्युत् अवरुद्ध हुन थालेको रेडियो सञ्चालकहरुको भनाई छ । एफएम प्रमुखहरुले आज (मंगलबार) विज्ञप्ती जारी गरेर प्रशारण बन्द गरिएको जनाए ।
बन्द हुने एफएममा रेडियो रेसुङ्गा, सामुदायिक रेडियो स्काई, रुरु एफएम र गुल्मी एफएम रहेका छन् ।
‘हामीले बाध्यताबस रेडियोका प्रशारण बन्द गर्नु परेको छ,’ रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरेले ।
विद्युत प्राधिकरणका निमित्त प्रमुख विनोदकुमार बानियाँले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा समस्या भएको बताए ।
तलब नदिने एफएममा ताला
यसैबीच, चार महिनासम्म तलब नदिएको बिरोधमा पत्रकार कर्मचारीले आज (मंगलबार) देखि काठमाडौंमा रहेको रेडियो रियाज ९६ दशमलव ८ मेगाहर्जको मुलगेटमा तालाबन्दी गरेका छन् ।
व्यवस्थापनले तलब सुविधा उपलब्ध नगराए पछि रेडियोमा कार्यरत १९ जना पत्रकार कर्मचारी मर्कामा परेको विज्ञप्तिमा उल्लेख छ । तलब माग्दा व्यवस्थापनले पटक/पटक अमानवीय व्यवहार गर्ने गर्ने गरेको उनीहरुको आरोप छ ।
आन्दोलित पत्रकारहरुले रेडियो रियाजका व्यवस्थापनका कार्यकारी प्रमुख कुमार भट्टराई र लेखा प्रमुख सुजन अधिकारीलाई कार्यकक्षभित्रै थुनेर तालाबन्दी समेत गरेको विज्ञप्तमा उल्लेख छ ।
पत्रकारहरुले पाउनुपर्ने सम्पूर्ण पारिश्रमिक २ दिनभित्र पाउनु पर्ने लगायतका माग उनीहरुको छ ।
तलब नपाएका पत्रकार/कर्मचारीको नाम
१. बबिता खनाल
२. दुर्गा आचार्य
३. प्रकाश ढुंगाना
४. सन्तोषी अधिकारी
५. नबराज जोशी
६. भुबन पौडेल
७. शान्ति ओझा
८. श्रेणा श्रेष्ठ
९. सुमिता पोखरेल
१०. भरत चौलागाईं
११. दीपेश चौलागाईं
१२. विकास बानियाँ
१३. जितेन्द्र श्रेष्ठ
१४. हेमा शर्मा
१५. युवराज अर्याल
१६. सुजन अधिकारी
१७. सुन्दर गौतम

(फाईल तस्विर)

प्रतिक्रिया