एकै दिन दुई ठाउँमा सवारी दुर्घटना

रौतहट २० जेठ । रौतहटमा आज दिउसो भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन ।
जिल्लाको गम्हरीया पर्सा ८ मा ट्रयाक्टर पल्टिदा ११ बर्षीय साहुलन हुसैनको ज्यान गएको छ भने २२ बर्षीय कमिर मिया र महमद आजाद घाइते भएका छन । घाइतेको जिल्ला अस्पताल गौरमा उपचार भइरहेकोे छ ।
यस्तै बस दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन । सिन्धुलीबाट चन्द्रनिगाहपुर आउदै गरेको बा १ ख ४७४ नम्बरको बस आज दिउसो चन्द्रनिगाहपुर स्थित चाादी नदी छेउमा दुर्घटना हुदा सहचालक कमल श्रेष्ठको ज्यान गएको छ ।
दुर्घटनामा पाँच जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा रौतहट सन्तपुरका ५५ बर्षीय मिन बहादुर स्याग्तान , ४८ बर्षीया दरिमाया लामा , ३५ बर्षीया लक्ष्मी तमाड्ड, चन्द्रनिगाहपुर गैडाटारकी महामाया सिजाली लगाएत १५ जना घाईते भएका हुन् ।

प्रतिक्रिया