‘रेग्मी निर्वाचन गराएर अदालत फर्कन्छन्’

Ramchandra-Poudelदेउखुरी(भालुवाङ) २० जेठ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले नै संविधान सभा निर्वाचन गराउने बताएका छन् । उनले निर्वाचनको वातावरण बनाउन दलहरुले सरकारलाई सहयोग गर्नुपर्ने बताए । आज पार्टी कार्यकर्ताहरुसंग कुरा गर्दै उपसभापति पौडेलले प्रधान्यायाधीशबाट रेग्मीको राजिनामाको माग जायज नभएको भन्दै चुनावपछि रेग्मी अदालत फर्किने बताए । कांग्रेस सभापति सुशील कोइरालाले रेग्मीले प्रधान्यायाधीशबाट राजिनामा दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला उपसभापति पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा लगायतका नेताहरुले भने रेग्मीले राजिनामा दिन नहुने बताउँदै आएका छन् ।
मंसिरमा संविधान सभा निर्वाचन हुने दावी गर्दै पौडेलले कार्यकर्तालाई चुनावी अभियानमा लाग्न निर्देशन दिए । उनले चुनावमा कांग्रेसले अन्य दलहरुसंग तालमेल नगर्ने स्पष्ट पारे ।

प्रतिक्रिया