लोकप्रिय खेलाडीको मनोनयन सार्वजनिक

काठमाडौं :  पल्सर स्पोर्ट्स अवार्ड २०६९ का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले वर्षको चर्चित खेलाडीको आइतबार मनोनयन गरेको छ । मनोनयनमा पर्ने खेलाडीमा क्रिकेटका पारस खड्का, फुटबलका जगजीत श्रेष्ठ, उसुकी झरना गुरुङ, पौडीका शिरिस गुरुङ र एथलेटिक्सका केशरी चौधरी रहेका छन् ।
नेपालले डिभिजन फोर र एसिसी ट्रफिको उपाधि जित्दा पारस कप्तान थिए । उनी एसिसी ट्वान्टी–ट्वान्टी र आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा म्यान अफद सिरिज भएका थिए । शिरिष गुरुङले  २०६९ सालमा ६ राष्ट्रिय कीर्तिमानसहित ३२ स्वर्ण जितेका थिए । उसुकी झरना गुरुङले भियतनाममा सम्पन्न आठौँ एशियाली उसु च्याम्पियनसिपमा महिला सान्सौतर्फ ५६ केजी तौल समूहमा कास्य पदक जितेकी थिइन् । केशरी चौधरीले हाइजम्प, लङजम्प, ट्रिपल जम्प र सय मिटर हडल्सको चारवटा कीर्तिमान आफ्नो नाम गराएकी थिइन् । जगजित श्रेष्ठ सहिद स्मारक लिगका उत्कृष्ट मिडफिल्डर भएका थिए । उनले एएफ्सी च्यालेञ्ज कप क्वालिफायर्समा नर्दन मारियाना आइल्यन्डविरूद्धको खेलमा तीन असिस्ट गरेका थिए । (सौस)

प्रतिक्रिया