दाहाल र भट्टराई ‘र’ का एजेण्ट !

Shankar Pokarelकाभ्रे, १८ जेष्ठ । नेकपा एमालेका सचिव शंकर पोखरेलले पार्टीहरुमा लोकतान्त्रिक संस्कृति र मुलुकका लागि श्रम संस्कृतिको अभाव भएको बताएका छन् । दुवै संस्कृतिका लागि एमाओवादीको नीति फलामको कपडा जस्तो अर्रो र नेपाली कांग्रेसको मक्किएको कपडा जस्तो भएकाले असर परेको पोखरेलको टिप्पणी थियो ।
भूतपुर्व सैनिक तथा प्रहरीहरुको तेश्रो जिल्ला सम्मेलनको शनिबार काभ्रेको बनेपामा उद्घाटन गर्दै नेता पोखरेलले एमालेको जनताको बहुदलीय जनवादले मात्रै मुलुकमा संविधान र परिवर्तनको ढोका खोल्न सक्ने दावी गरे । ‘एमाओवादी लुटाहा हो, राज्यसत्तामा बसेर उसले त्योबाहेक अर्थोक गर्न जानेनन’–पोखरेलले भने–‘एमाओवादी पैसा भनेपछि जस्तोसुकै स्थानमा पनि सुढ लगेर घुसारिहाल्छ ।’
स्ववियू निर्वाचन स्थगनको प्रसङ्ग निकाल्दै नेता पोखरेलले एमाओवादीले कीर्तिपुर क्याम्पसमा एउटा सभापति जित्न मात्रै फर्जि विद्यार्थीका नाममा ७० लाख खर्च गरेको दावी गरे । ‘जाबो विद्यार्थीको सभापति जित्न ७० लाख खर्च गर्ने पार्टीले अन्य निर्वाचनमा कति रकम खर्च गर्छ होला ? यसको सम्पतिको श्रोत के हो ? नत्र किन लोकमानको जय गाउनु प¥यो एमाओवादीले ?’ नेता पोखरेलले प्रश्न गरे । शक्तिशालि अख्तियार प्रमुख हुदा कांग्रेस नेता जेल गए जस्तो दाहाल र बाबुरामलाई जेल जाने डरले लोकमान का“धमा हालेको बताए । पोखरेलले दाहाल र भट्टराई ‘र’ को जासुसी भएको आरोप लगाए । ‘एसडी मुनीले एमाओवादीको बारेमा खुलस्त गर्दा पनि खण्डन नगरेर एमाओवादीले ‘र’ स“ग बसेर नेपालमा उत्पात मच्चाएर क्रान्तिका कुरा गरेको छ’–पोखरेलले भने–‘थप कुरा सार्वजनिक हुने डरले खण्डन गर्न सकेन ।’

प्रतिक्रिया