प्रधानन्यायाधीशबाट राजिनामा दिए निर्वाचनमा समस्या

Ramchandra-Poudelकाठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिए निर्वाचनमा समस्या हुन सक्ने बताएका छन् ।
उनले बहालवाला प्रधान्यायाधीशलाई नै मन्त्रिपरिषद्को अध्यक्ष बनाउने संवैधानिक प्रावधान विपरीत रेग्मीले राजिनामा दिए सरकारलाई मात्र नभई निर्वाचनमै समस्या आउनेतर्फ दलहरुको ध्यानाकर्षण गराए । नेपाल विद्यार्थी संघ लमजुङ काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा पौडेलले भने ‘मंसिर पहिलो साता जसरी पनि निर्वाचन गराउनुछ, अब अहिले आएर फेरी राजिनामाको कुरा गरेर थप जटिलता आउन सक्छ ।’
गणतन्त्र दिवसका अवसरमा नागरिक समाजका केही व्यक्तिले नयाँ बानेश्वरमा छुट्टै कार्यक्रम गरेकोप्रति कांग्रेस उपसभापति पौडेलले आपत्ति जनाए । उनले विशेष परिस्थितिमा गैर राजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपरेको उल्लेख गर्दै अहिले सामान्य बिषयलाई थप जटिल बनाउन खोजिएको दावी गरे । कार्यक्रममा सगरमाथा आरोहण गरेर फर्किएकी अभिनेत्री निशा अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया