पत्नी जम्मा गर्ने पति अरुण पक्राउ

hatkadiराजविराज, १८ जेठ । सप्तरी जिल्लाको पत्थरगाढा–७, लक्षणपट्टीमा प्रहरीले बहुविवाह गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
स्थानीय २२ वर्षीय अरुण मण्डललाई प्रहरीले आज (शनिबार) पक्राउ गरेको जनाएको छ । जेठी पत्नी २० वर्षीया विष्णुदेवी मण्डलले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा मण्डललाई पक्राउ गरिएको हो ।
विष्णुदेवीले पत्नी हुँदाहुँदै पति अरुणले धनगढी–९ की १८ वर्षीया बेचनीदेवी मण्डलसँग बहुविवाह गरेको आरोप लगाएकी छन् ।
वैशाख–१२ गते वेचनीसँग दोस्रो विवाह गरेका अरुणले जेठी पत्नीलाई हेला गर्ने गरेको उजुरीमा उल्लेख छ । अरुणका दुबै पत्नीबाट छोरा/छोरी जन्मिएका छैनन् ।

प्रतिक्रिया