काठमाडौंमा ‘कान’ र ‘सुन’ चट्

goldकाठमाडौं, १७ जेठ । काठमाडौंमा लुटेराको समूहले सांघातिक आक्रमण गरेर एकमहिलाको सुनका रिङ् कानबाट लुछेर लगेको छ ।
महादेवस्थान–२, नयाँवस्तीकी ३५ बर्षीया ठूलीमाया थिङ्ले कानमा लगाएको डेढ तोलाको सुनको रिङ् तीन जनाको समूहले आज (शुक्रबार) विहान दुई बजे लुटेर लगेको प्रहरीले जनाएको छ । सुन लुट्ने क्रममा ठूलीमायाको कानमा गम्भीर चोट लागेको थियो ।
कालीमाटी तर्फ तरकारी लिन जाने क्रममा ठूलीमायाका पति ३८ बर्षीय एकबहादुर थिङ्लाई समेत लुटेराले आक्रमण गरेका थिए ।
प्रहरीले लुटपाटको घटनाका संलग्न रहेको आशंकामा २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घाईते थिङ् दम्पत्तिले बागेश्वरी अस्पताल सतुङ्गलमा उपचार गराएको थियो । (फाइल तस्विर)

प्रतिक्रिया