अझै कायम छ बालिघरे प्रथा

Birbahadur-Nepali-souryadaiदैलेख, १७ जेठ । ‘हामी तीनभाइ छोरा छौँ । विवाहपछि घरपरिवारबाट भाइहरू अलग भयौँ । हामीसँग खेतबारी छैन । जमिन नभएकै कारण बाउबाजेले गर्दै आएको पेसालाई (कपडा सिलाइको काम)लाई निरन्तरता दिएका छौँ । मेरा भागमा ६५ घरधुरी परेका छन्,’ तोलिजैसी–८ बडुवाल गाउँका काले दमाईं (नेपाली) ले भने ।
६५ घरधुरीका पुराना लत्ता–कपडा सिलाइ गरेर गुजारा चलाइरहेको उनले बताए । कपडा सिलाइदिएबापत आफूहरूले एक घरबाट वर्षको दुईपटक कात्तिक र जेठमा गरी ६/६ पाथी अन्न दिने गरेको सोही गाउँका नारायण बडुवालले बताए । यहाँका ५५ मध्ये ५० गाविसमा अझै बालिघरे प्रथा कायमै छ । गाउँमा रहेका कपडा सिलाइ काम गर्ने टेलरले कपडा सिलाइदिएबापत अन्न–पानी लिने गरेको गाउँका टेलर (दमाईं)ले बताउने गरेका छन् ।
जिल्लामा ५५ वटा गाविस छन् । तीमध्येका ५० वटा गाविसमा अझै बालिघरे प्रथा कायमै छ । लकान्द्र गाविस–६ नदाईका भक्तबहादुर दमाईंको पनि ७० घरपरिवार उनको भागमा परेका छन् । उनले लकान्द्र नदाई गाउँका ब्राह्मण र भण्डारी जातिका कपडा सिलाइ गरेर आºनो ७ जनाको परिवारको हातमुख जोर्ने बाटो गरेका छन् । यस्तै, पिपलकोट–५ मेला गाउँका कपुरे दमाई आºनो घरपरिवारबाट अलग हँुदा उनको भागमा २७ वटा घरपरिवारको एउटा गाउँ भागमा परेको छ । मगर र थापा जातिको बाहुल्य रहेको सो गाउँका सबैजसो मानिस कपुरेसँगै आºना कपडा सिलाउने गर्छन् । कपडा सिलाइदिएबापत उनले प्रत्येक घरबाट वर्षको दुईपटक ३/३ पाथी अन्न लिने गरेका छन् । यसबाटै ५ जनाको परिवार धानेको उनले बताए । यो पेसा अपनाउनु यहाँका ग्रामीण बस्तीमा रहेका दमाईंहरूका लागि बाध्यता भएको बताउँछन् उनीहरू । रूढिवादी परम्परामा रुमल्लिएका यहाँका समुदायमा बस्दै आएका उनीहरू यस्तो काम नगरे आफूहरूलाई छाकटार्न पनि गाह्रो हुने बताउँछन् । विगतका रूढिवादी प्रथाको अन्त्य गरी जनचेतना फैलाउनका लागि जिल्लामा विभिन्न नामका थुप्रै गैरसरकारी संसस्था दर्ता भएका छन् । गाउँ–गाउँमा चेतनामूलक कार्यक्रम सञ्चालनका लागि बेला–बेला जिल्ला विकास समिति र विभिन्न संघसंस्थाले रकम विनियोजन गरे पनि बालीघरे प्रथातिर भने कसैको चासो गएको छैन ।

प्रतिक्रिया