बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित

maobadiभैरहवा, १६ जेठ । नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण रुपन्देहीको जनजीवन दिनभरि प्रभावित भएको छ ।
बन्दका कारण आज (बिहीबार) रुपन्देहीका शैक्षिक संस्था, बजार ठप्प छ भने लामो तथा छोटो दूरीका सवारीका साधन चलेनन् । नेकपा–माओवादीका कार्यकर्ताले बन्द सफल बनाउने भन्दै प्रमुख चोक र सडकमा प्रदर्शन समेत गरेका थिए ।
बन्दमा उत्रिएका नेकपा–माओवादीका नगर सेक्रेटरी मोजीव अलि मुसलमानलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
धकधइमा जेठ–९ गते फोटोसहितको मतदाता तथा नागरिता वितरण कार्यमा सरकारी घुम्ती शिविरलाई अवरोध पुरार्‍याएको आरोपमा कार्यकर्ता पक्राउ परे पछि रिहाईको माग गरेर नेकपा–माओवादीले जिल्ला बन्द गराएको हो ।

प्रतिक्रिया