मंसिरमा पनि चुनाव हुदैंन : थापा

Kamal-Thapaभैरहवा, १६ जेठ । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले प्रधानन्याधीशको नेतृत्वमा रहेको चुनावी सरकारले मंसिरमा चुनाव गराउन नसक्ने दाबी गरेका छन् ।
भैरहवामा आज (बिहीबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले सरकारको गतिविधिले निर्वाचन मंसिरमा नहुँने संकेत देखिएको बताए । ‘निर्वाचनको मिति घोषणा नगर्नु भनेको मंसिरमा पनि निर्वाचन नगराउनु नै हो,’ उनले भने ।
४ राजनीतिक दलको सिन्डिकेटले विभिन्न बहानामा चुनावलाई अवरोध पुर्‍याएको आरोप थियो ।
अध्यक्ष थापाले सडक संघर्षमा रहेका नेकपा–माओवादीसहितका राजनीतिक दललाई सहमति ल्याउन सुझाव दिए ।

प्रतिक्रिया