महासंघद्वारा ‘एकजाति एकप्रतिनिधि’को माग

janajati maha shangकाठमाडौं १४ जेठ । नेपाल आदिवासी जनजाति महासंघले एकजाति एकप्रतिनिधि सुनिश्चितताको माग गरेको छ ।
महासंघले आज (मंगलबार) विज्ञप्ति जारी गरेर विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेको हो । ‘महासंघ र सरकारबीच भएको २० बुँदे सम्झौता अनुसार एकजाति एकप्रतिनिधि सुनिश्चित हुनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समानुपातिक सिट कटौती गर्ने प्रमुख दलहरुको निर्णय आपत्तिजनक छ ।’
महासंघले संविधानसभा निर्वाचनको प्रकयामा अगाडी बढिरहेको अवस्थामा चार राजनीतिक शक्तिको निर्णयबाट संविधानसभा सदस्य सिट संख्या घटाउने कार्य जनजाति विरुद्ध रहेको जनाएको छ ।
‘६ सय १ बाट घटाई ४ सय ९१ कायम गर्ने सहमति र निर्वाचन आयोगको ‘थ्रेसहोल्ड’ प्रस्ताव आफूहरुलाई स्वीकार्य नरहेको विज्ञप्तिमा जनाइएको छ ।
महासंघले विघटित सविधानसभा निर्वाचन ऐन/नियमलाई यथावत कायम राख्न पनि महासंघले माग गरेको छ ।

प्रतिक्रिया