हिमालयन र जावलाखेलको जित

काठमाडौं : गोर्खा कप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब विजयी भएका छन् । हिमालयन शेर्पा क्लबले ब्वाइज युनियन क्लबलाई २–० ले पराजित गर्‍यो भने अर्को खेलमा जावलाखलले बलियो टोली फ्रेन्ड्स क्लबलाई १–० ले स्तब्ध पार्‍यो ।
जावलाखेललाई जित दिलाउने क्रममा ८०आँै मिनेटमा वैकल्पिक खेलाडी फिरोन मग्रातीले गोल गरे । चार प्रभावकारी खेलाडी थ्री–स्टार क्लबमा आबद्ध भए पनि मेघराज केसीको प्रशिक्षणमा रहेको प्रेmन्ड्स बलियो रूपमा प्रस्तुत भएको थियो । दोस्रो मिनेटमा अनिल ओझाको सानदार प्रहार साइडबारमा लागे पछि फ्रेन्डस सुरुआती अग्रता लिनबाट चुकेको थियो । १२आँै मिनेटमा अनिलको अर्को प्रहार फेरि बारमा लागेको थियो ।
यसअघि भएको खेलमा राजु योगीको सामान्य गल्तीको कारण हिमालयनले ७३औँ मिनेटमा अग्रता लिन सफल भयो ।  तामाङको फितलो प्रहार योगले हातबाट फुत्काएका थिए । ८८औँ मिनेटमा जसबहादुर राईले अर्को गोल गरे । यसै सत्र एनआरटीबाट हिमालयन शेर्पामा आबद्ध भएका सुबास गुरुङ ‘बी’को प्रहार साइडबारमा लागेर फर्केपछि रिबाउन्डमा जसबहादुरले सहजै गोल गरे । यसैसत्र ‘ए’ डिभिजनमा प्रवेश गरेको ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले टोलीको खेल हेर्न र नयाँ टोली बनाउनका लागि मात्र प्रतियोगितामा सहभागिता जनाएको बताए । (सौस)

प्रतिक्रिया