चलचित्रमा सुपारीको अनौठो प्रयोग

supari-souryadailyकाठमाडौं : सुपारी लेनदेनलाई सामान्यतया कुनै शुभ अवसरका लागि निम्तो दिन वा लिन प्रयोग गर्ने चलन छ । हाम्रो सामाजिक चलनमा यसको प्रयोग जे–जस्तो रूपमा गरिए पनि बलिउड होस् या नेपाली चलचित्रमा सुपारीको प्रयोग मारकाटका दृश्य जनाउन प्रयोग गर्ने चलन प्रतिदिन बढ्न थालेको छ ।
यस्तै, सुपारी शब्दलाई मारकाटको दृश्य बुझाउन प्रयोग गरिएको चलचित्र सुपारी प्रदर्शनका लागि तयार भएको छ । शिव घिमिरेको निर्देशनमा तयार भएको चलचित्र आगामी २४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
गजित विष्ट, झरना थापा, सपना केसी, शरण डंगोल, विकेश शाहीलगायत कलाकारको चलचित्रमा मुख्य भूमिका छ ।
निर्देशक घिमिरेकै कथा रहेको चलचित्रलाई हेराकुमार शाहीले निर्माण गरेका हुन् । राजेन्द्र श्रेष्ठ र सूर्य किरणले संगीत दिएको यस चलचित्रको छायांकन महेन्द्र थापाले गरेका हुन् ।
काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत स्थानमा छायांकन गरिएको चलचित्र एक्सनप्रधान रहेको निर्माण पक्षले जानकारी गराए । (सौस)

प्रतिक्रिया