माओवादी आक्रमणको कांग्रेसद्वारा भत्र्सना

Indian flagकाठमाडौं, १२ जेठ । नेपाली कांग्रेस सभपाति सुशील कोइरालाले भारतको छत्तीसगढ प्रान्तमा भूमिगत माओवादी (नक्सलवादी समूह) को आक्रमणको निन्दा एवं भत्सर्ना गरेका छन् ।
भारतको छत्तीसगढ प्रान्तको बस्तर जिल्लामा माओवादीको आक्रमणमा शनिबार बेलुका भारतीय कांग्रेसका वरिष्ठ नेता महेन्द्र कर्मा, छत्तीसगढ प्रदेशका अध्यक्ष नन्दकुमार पटेल, लोकसभाका पूर्व सदस्य उदय मोदलियारलगायतको मृत्यू भएको थियो ।
भारतीय माओवादीद्वारा भएको कांग्रेसका नेता तथा कार्यकर्ताको हत्या घटनाप्रति सभापति कोइरालाले आज (आइतबार) विज्ञप्ति जारी गरेर दु:ख व्यक्त गरेका हुन् ।
‘यो घटनालाई नेपाली कांग्रेसले लोकतन्त्र माथिको प्रहारको घटनाको रुपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता हिंसात्मक एवं मानव अधिकार विरोधी घटनाको नेपाली कांग्रेस सदैव घोर भत्र्सना र विरोध गर्दछ ।’
माओवादी आक्रमणमा भारतका पूर्व केन्द्रीय मन्त्री विद्याचरण शुक्लसहित धेरै नेताहरु घाइते भएका छन् ।

प्रतिक्रिया