कृषिमा बजेट बढाउन आग्रह

काठमाडौँ: आगामी आर्थिक वर्षका लागि आउने बजेटमा कृषि क्षेत्रमा विनियोजन बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना र राष्ट्रिय कृषक मञ्चले संयुक्त आयोजना गरेको कार्यक्रममा मुलुकमा कुल जनसङ्ख्याको ठूलो हिस्सा कृषि क्षेत्रमा आश्रित रहेकाले कृषि उत्पादनमा वृद्धि ल्याउनुपर्ने सुझाव उनीहरुले दिएका हुन ।
आयोजनाका निर्देशक डा योगेन्द्रकुमार कार्कीले अहिलेसम्म सरकारले कृषि क्षेत्रमा गरेको लगानी न्यून रहेको छ भन्दै सो क्षेत्रमा क्रियाशील रहेका कृषक समुदायलाई पेसाप्रति आकर्षण गरी उत्पादनमा वृद्धि गर्न सरकारले लगानी तथा नियमन बढाउनाका साथै निजी क्षेत्रका व्यवसायीसाग सहकार्य गर्नुपर्नेमा जोड दिए । कृषि विकास मन्त्रालय, तरकारी विकास केन्द्रका प्रमुख डा भरत पौडेलले कृषि क्षेत्रमा गरिने लगानीले कृषिको उत्पादन तथा उपभोगमा वृद्धि तथा कृषकको आयस्तरमा सुधार भई राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने दावी गरे । राष्ट्रिय कृषक मञ्चका सचिव अर्जुनप्रसाद लुइाटेलले नेपालमा कृषि विकासका लागि समुचित जमिनको व्यवस्थापन, बीउविजन, मलखाद, व्यावसायिक कृषि तालिम, सिंचाइलगायत विषयमा चुनौती देखिएकाले त्यसलाई समाधान नगरी कृषि क्षेत्रलाई व्यावसायिक बनाउन सकिन्न भन्दै प्रत्येक गाविसमा एक कृषक सेवा केन्द्र स्थापना गर्न आग्रह गरे ।

प्रतिक्रिया