महतोलाई राजदूत जयन्तले भेटे

काठमाडौ, १२ जेठ । शुक्रबार अनसनबाट जवरजस्ती अस्पताल भर्ना गरिएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटन भारतीय राजदूत जयन्तप्रसाद वीर अस्पताल पुगेका  छन् ।
शनिबार बिहान महतोको स्वास्थ्यस्थितिका बारेमा बुझ्न राजदूत प्रसाद अपस्ताल पुगेका हुन् । भेटमा राजदूत प्रसादले अनसनमा राखेका कुरा चाँडै नै पूरा हुने बताएका थिए । रत्नपार्कस्थिति शान्तिबाटिकामा संविधानसभाको निर्वाचनको मिति घोषणाको माग गर्दै आमरण अनसनमा बसेका महतोको स्वास्थ्यस्थितिमा खराब आउन थालेपछि शुक्रबार प्रहरीले लछारपछार गदै अस्पताल पुर्‍याएका थिए ।  राजदूत प्रसादसँगै भारतीय दूतावासका उपप्रमुख जयदीप मजुनदार पनि अस्पाताल पुगेका थिए ।
यसैगरी  महतोको स्वास्थ्यस्थितिबारे जानकारी लिन शुक्रबारै गृहमन्त्री माधवप्रसाद घिमिरे र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक पनि बिहान अस्पताल पुगेका थिए  । भेटमा उनीहरुले मागबारे सरकार गम्भिर भएको जानकारी गराए । उच्च रक्तचाप र मधुमेह रोगका विरामी महतोको स्वास्थ्य सुधारोन्मुख भएको अस्पतालले जनाएको छ । डायविटिज र उच्च रक्तचापका विरामी महतो आमरण अनसनका कारण शरीरको रगतमा नुनको मात्र कमी आई पिसामा एसिटोन देखिन थालेपछि हस्तक्षेप गरि महतोलाई अस्पताल पुर्‍याइएको थियो ।
सरकारसँग पटकपटक समस्या समाधनका लागि छलफल भए पनि सहमति हुन नसकेपछि मंगलबारबाट महतो अनसनमा बसेका थिए ।
निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पुन:निर्धारण आयोग गठन, शान्तिवार्तामा आएका तराईका सशस्त्र समूहलाई चुनावी प्रक्रियाबाट मूलधारमा ल्याउने, नेपाल भारतसीमामा भारतीय रुपियाँ सटही काउन्टर स्थापना, मलखादका लागि राहत, सवैधानिक निकायमा समानुपातिक समावेशी नियुक्तीलगायत १० बँुदे माग राखेका थिए ।

प्रतिक्रिया