२६ किलो चरेशसहित पाँच जना पक्राउ

चितवन, ११ जेठ । चितवनमा प्रहरीले २६ किलो अवैध लागूऔषधसहित पाँचजनलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आज (शनिबार) विहान ९ बजे भरतपुर नगरपालिका–३ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला जितपुर–३ घर भएका ३४ बर्षीया सुलौमा खातुनसहित ५ जना रहेको प्रहरीले जनाएको छ ।
उनीहरु न्यू सौगात गेष्ट हाउसको कोठा नम्वर ११ बाट चरेशसहित पक्राउ गरेका हुन् ।

प्रतिक्रिया