२ हजार एकसयकिलो सुपारी बरामद

झापा, ११ जेठ । झापमा प्रहरीले अवैध रुपमा लुकाई छिपाई राखेको २ हजार एक सय किलो सुपारी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले आज (शनिबार) विहान ६ बजे मेची नगरपालिका–१० स्थित गैरी गाँउबाट सुपारी बरामद गरेको जनाएको छ । सुपारी वेवारिसे अवस्थामा फेला परेको थियो ।
यसैबीच, सीमा प्रहरी चौकी नकलबन्दबाट खटिएको टोलीले मेचीनगरपालिका–१० स्थित चर्च एरियाबाट ७ सय किलो सुपारी पनि बरामद गरेको छ । प्रहरी शुक्रबार राति भारत तर्फ तस्करी हुँदै गरेको सुपारी नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देख्ना साथ सुपारी बोकेका ३०/४० जनाको संख्यामा रहेका व्यक्तिले प्रहरी माथि आक्रमण गरेका थिए । जवाफमा पर्रहरीले हवाई फायर गरेको जनाएको छ । प्रहरीले हवाई फायर गरे पछि सबै तस्करहरु भोगका थिए ।

प्रतिक्रिया