झोले विद्यालय खारेज गरिने

School 1काठमाडौं, ११ जेठ । सरकारले अनुमतिविना सञ्चालित विद्यालयलाई हटाउने तथा झोले विद्यालयको अनुमति खारेज गर्ने भएको छ । अभिभावक संघका पदाधिकारीसँगको छलफलपछि शिक्षा मन्त्रालय त्यस्ता विद्यालय खारेज गर्ने निष्कर्षमा पुगेको हो ।
देशभर १ हजारभन्दा बढी झोले विद्यालय रहेको पाइएको छ । काठमाडौंमा मात्र दुई सय झोले विद्यालय छन् । गत वर्षदेखि नयाँ विद्यालय खोल्न अनुमति नदिएइकोले त्यस्ता झोले विद्यालय बार्गेनिङमा किनबेच हुँदै आएका थिए ।
शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले अनुमति नलिई सञ्चालनमा रहेका र झोले विद्यालय खारेज गरिने जानकारी दिए । अनुमति नलिएका विद्यालयले विद्यार्थी ठग्ने र झोले सरकारी विद्यालयका शिक्षकले त्यतिकै तलब खाइरहने भएकाले मन्त्रालयले खारेज गर्न लागेको हो । मन्त्रालयले झोले निजी विद्यालयलाई पनि खारेज गर्ने भएको छ ।
निर्देशिका कार्यान्वयनमा कडाइ
मन्त्रालयले निजी विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका कार्यान्वयन गराउन शिक्षा विभागलाई निर्देशन दिएको छ । चालु शैक्षिक सत्रदेखि लागू भएको निर्देशिका के कति लागू भयो सोको जानकारी दिन पनि मन्त्रालयले विभागलाई निर्देशन दिएको छ । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले तुरुन्त निर्देशिका कार्यान्वयन गराउन मन्त्रालयले निर्देशन दिएको जानकारी गराए । विभागले चालु शैक्षिक सत्रदेखि निजी विद्यालयलाई निर्देशिका लागू गर्ने भने पनि हुन सकेको छैन । निजी विद्यालयहरूले निर्देशिकाको मापदण्ड अव्यावहारिक भएको भन्दै कार्यान्वयनमा आनाकानी गर्दै आएका छन् ।

प्रतिक्रिया