गाविस सचिवको रिहाइ माग

saptariराजविराज, १० जेठ । एकीकृत घुम्ती सेवा मार्फत गैरनेपालीलाई नेपाली नागरिकता दिन सिफारीस गरेको आरोपमा पक्राउ परेका गाविस सचिव छुटाउन सप्तरीका आधादर्जन बढि स्थानीय निकायसँग आवद्ध कर्मचारी संगठनहरुले सुरु गरेको आन्दोलन आज (शुक्रवार) पनि जारी छ ।
कर्मचारीहरु कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेर जिविस सप्तरीको हाता भित्र धर्नामा बसेका छन् । जेठ–६ मा पक्राउ परेका शम्भुनाथ तथा पातो गाविस सचिव डम्वरबहादुर कार्कीलाई छुटाउन विभिन्न ५ वुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
माग पुरा नभएसम्म स्थानीय निकायका कार्यालयहरु बन्दको घोषणा गरेका उनीहरुले काम नगरिदिँदा हज्जारौं सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया