निर्मल निवासका सुरक्षा गार्ड पक्राउ

Hatya 2काठमाडौं, ९ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहको महाराजगञ्जस्थित निर्मल निवासका सुरक्षा गार्ड सशस्त्र प्रहरीका जवान हत्या अभियोगमा पक्राउ परेका छन् ।
२५ वर्षीय कृष्णबहादुर बरामले अबैध सम्बन्ध पछि सर्लाही जिल्ला लालबन्दी–७ स्थायी घर भएकी ४२ वर्षीय सुन्तली माया लामाको हत्या गरेका हुन् । महाराजगंज बस्दै आएकी सुन्तलीलाई कृष्णले आफ्ना साथी २६ वर्षीय पूर्णबहादुर बरामसँग मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।
कृष्ण र पूर्णको स्थायी घर गोरखा जिल्ला आरुआरवाङ गाविसमा पर्छ । कृष्ण सशस्त्र प्रहरी वल निलबराही गण बलम्बु दरवन्दी भई निर्मल निवासमा सुरक्षा गार्डमा कार्यरत थिए । पूर्ण भने छाला फ्याक्ट्री बुढानिलकण्ठमा काम गर्दै आएका छन् ।
सन्तलीसँगको अवैध सम्बन्ध तथा पैसाको लेनदेनको बिषयमा विवाद उत्पन भएपछि बुढानिलकण्ठ–६ स्थित चिस्यानीको जंगलमा लगेर जेठ–६ गते राति घाँटी थिचेर हत्या गरेको प्रहरी भनाई छ । हत्या पछि उनीहरुले सुन्तलीको टाउको तथा अनुहारमा ढुंगा प्रहार गरेका थिए ।
सुन्तलीको हत्या गरेर फरार सशस्त्र प्रहरीका जवान कृष्ण जेठ–८ गते गोरखा आरुआरवाङ–८ स्थित घरबाट पक्राउ परेका हुन् । पूर्णलाई बुढानिलकण्ठ जुत्ता फ्याक्ट्रीबाटै पक्राउ गरिएको थियो ।

प्रतिक्रिया