हत्याको विरोधमा विराटनगर बन्द

विराटनगर, ९ जेठ । पूर्व सभासद सदरुल मिया हकको हत्याको विरोधमा स्थानीय बासिन्दाले विराटनगर पनि बन्द गराएका छन् । हकको हत्यारा पत्ता लगाई कडा कारवाहीको माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष समितिले आज विराटनगर वन्द गराएको हो । हत्या भएको तीन दिनसम्म पनि पूर्व सभासद हकको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनीहरुले प्रहरी प्रशासनको आलोचना गरेका छन् । बन्दका कारण विराटनगरको जनजीवन ठप्प भएको छ । शिक्षण संस्था, कल कारखानाका साथै बजार बन्द बिहानै देखि बन्द छ । हकको हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग तीन दिन बन्द छ । गएराती प्रहरीले बन्द खुलाए पनि आज बिहानै देखि राजमार्ग बन्द गराएका छन् । बन्दका कारण पूर्वी तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रतिक्रिया