लोकदोहोरीको पनि पत्रकारिता पुरस्कार

काठमाडौं : लोकदोहोरी सम्वद्र्धनका लागि पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पुर्‍याउने पत्रकारलाई सम्मान गर्नका लागि लोकदोहोरी पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको हालै बसेको बैठकले सो पुरस्कारको स्थापना गरेको हो । प्रत्येक वर्ष लोकदोहोरी समाचार सम्प्रेषण गर्ने एकजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय प्रतिष्ठानले गरेको छ ।
पुरस्कारको राशि १० हजार रुपियाँ रहेको प्रतिष्ठानका सदस्य शिव सुवेदीले जानकारी गराए । पुरस्कार लोकदोहोरी अवार्ड वितरण गर्ने कार्यक्रममा दिइनेछ । (सौस)

प्रतिक्रिया