तेस्रोपटक अन्तर्राष्ट्रिय गोजुरियो कराते हुने

काठमाडौं : नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो, आकाशद्वीपले अन्तर्राष्ट्रियस्तरको गारेजुरियो कराते प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता शनिबार र आइतबार सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । विश्व कराते महासंघको नियममा खेलाइने यो प्रतियोगिता नेपालमा तेस्रोपटक हुन लागेको आयोजक संस्थाले जनाएको छ ।
पुरुषमा २५ र महिलामा २० गरी जम्मा ४५ स्वर्ण पदकका लागि हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका खेलाडीहरूको सहभागिता रहनेछ । ९ लाख ९८ हजारको बजेट रहेको प्रतियोगिता जोरपाटीस्थित दक्षिणढोकामा हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सानुबाबु गिरीले जानकारी गराए । उक्त अवसरमा संघका केन्द्रीय अध्यक्ष सिपी घर्तीमगरलगायतको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया