‘मताधिकारका लागि भूमिका खेल्छौं’

NC n Umlकाठमाडौं, ८ जेठ । कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचनमा प्रवासमा रहेका नेपालीहरुको मत सुरक्षाको सुनिश्चितताका लागि भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौंमा आज (बुधबार) भारत प्रवासमा सक्रीय संघसंस्थाहरुको ज्ञापनपत्र संयुक्त रुपमा बुझेपछि उनीहरुले प्रवासमा रहेका लाखौं नेपालीहरु मतदानको अधिकारबाट वञ्चित हुननहुने तर्फ आफूहरु गम्भीर रहेको बताए ।
सभापति कोइरालाले रोजगारी, व्यापार, अध्ययनलगायतका प्रयोजनले विदेशिएका नेपालीहरुलाई मतदान गर्ने अवसर प्रदान गर्न सरकार र निर्वाचन आयोगसाग तत्काल छलफल चलाउने बताए ।
एमालेका अध्यक्ष खनालले प्रवासी नेपालीहरुले देशको राजनीतिक र आर्थिक विकासमा उल्लेख्य भूमिका खेलेको बताए । प्रवासी नेपालीका लागि मतदानको अधिकार सुनिनिश्चत गर्न आफूले भूमिका खेल्ने दोहराए ।

प्रतिक्रिया