चट्याङ लागेर एक जनाको ज्यान गयो

gulmiगुल्मी, ८ जेठ । गुल्मीको पूर्कोट दहमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार राती पुर्कोट दह गाविस – ६ की ८५ बर्षीय पबित्रा भट्टराईको ज्यान गएको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए ।

राति घरमा परेको चट्याङले परिवारका अन्य ४ सदस्य पनि बेहोस भएका थिए । अहिले उनीहरुको अवस्था सामान्य रहेको छ । बिगत २ दिन देखि जिल्लाका विभिन्न ठाँउमा अविरल बर्षाका साथै केही ठाँउमा चट्याङ समेत परेको छ ।

प्रतिक्रिया