पूर्वसभासद् हत्याप्रति सरकार दु:खी

काठमाडौं : सप्तरी जिल्लाको कल्याणपुर गाविस–२ किसानपुरमा सोमबार राति पूर्वसभासद् सदरुल मियाँको हत्या भएको घटनाप्रति गृह मन्त्रालयले दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । घटनाका सम्बन्धमा सत्य–तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न प्रहरी अतिरिक्त महानिरीक्षक दिनकरशमशेर जबराको संयोजकत्वमा क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय पूर्वाञ्चलका अनुसन्धान निर्देशक सदस्य रहेको छानबिन समितिसमेत मन्त्रिस्तरीय निर्णयबाट गठन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया