परीक्षामा अमर्यादित काम गर्ने ९ जनालाई कारवाही

saptariराजविराज, ७ जेठ । उच्च माद्यमिक शिक्षा परिषद्द्वारा सञ्चालित कक्षा ११ को परीक्षामा अमर्यादित काम गर्ने सप्तरीका एक निरीक्षक सहित ९ जना कारवाहीमा परेका छन् । परीक्षा समन्वय समितिको अनुगमन टोलीले जिल्लाका विभिन्न परीक्षा केन्द्रवाट उनीहरुलाई कारवाही गरेको हो ।
अनुगमनका क्रममा सदरमुकाम स्थित प्याराडाईज परीक्षा केन्द्रमा एक निरीक्ष्ँक पक्राउ परेका छन् । पिसजोन उमाविका प्राध्यापक रामनाथ मण्डललाई आवश्यकता भन्दा बढी उत्तरपुस्तिका लिएर परीक्षा केन्द्र बाहिर उत्तर तयार पारी भित्र लैजादै गरेको अवस्थामा पक्राउ गरिएको हो । परीक्षा समन्वय समितिका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलको निर्देशन अनुसार उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी परीक्षालाई अमर्यादित रुपमा सञ्चालन गरिरहेको पाईएपछि आठ जना विद्यार्थीहरुको परीक्षा रद्ध गरिएको छ ।

प्रतिक्रिया