स्वास्थ्यकर्मी संघमा फेरि घिमिरे

काठमाडौं : नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा पुन: रामजी घिमिरे चयन भएका छन् । पोखरामा शनिबारदेखि दुई दिन भएको संघको छैठौँ महाधिवेशनले घिमिरेको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रिय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
चार वर्षका लागि चुनिएका नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम खनाल, महासचिवमा दीपक मुडभरी, सहअध्यक्षमा कृष्णप्रसाद नागिरा, धनप्रसाद पौडेल, ओम उपाध्याय र सचितानन्द सिंह चयन भएका छन् भने कोषाध्यक्षमा शंकर कँडेल छन् । महाधिवेशनले पाँच विकास क्षेत्रमा एक/एक जना र उपत्यकामा एक गरी ६ उपाध्यक्षसहित ७९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको संघका पूर्वाञ्चल उपाध्यक्ष मुरारी आचार्यले बताए । उनका अनुसार महाधिवेशनमा सात सय ५० प्रतिनिधि सहभागी भएका थिए । (सौस)

प्रतिक्रिया