दोलखामा आफ्नै आमाको हत्या

Hatya 2दोलखा, ६ जेठ । दोलखा जिल्लामा मनजेल्सी शेर्पाले आफ्नै ४५ वर्षीया आमा सुनी शेर्पाको हत्या गरेका छन् ।
आमाको हत्या अभियोगमा २१ वर्षीय मनजेल्सीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । गौरीशंकर–३ बस्ने २१ बर्षीय मनजेल्सीले आइतबार राति आमाको हत्या गरेका हुन् ।
आमा सुनीलाई कोदालोले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया