‘सुपरग्लू’ले टाँस्नुको अर्थ छैन : नेता ओली

KP Oliपाँचथर, ६ जेठ । एमालेका नेता केपी ओलीले पार्टी छाडेका नेताहरुका कारण संगठनलाई खासै असर नपुगेको दाबी गरेका छन् ।
प्रेस चौतारीले आज (सोमबार) पाँचथरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ओलीले पार्टी छाडेका नेताहरुकै कारण संगठनलाई असर परेको देखिएपनि खासै समस्या नरहेको बताए । ‘उनीहरु निकाल्नु पर्ने व्याक्ति हुन्,’ उनले भने, ‘आफै किनारा लागेर गए ।’
‘पार्टी छाड्दा संगठनलाई असर पुगे जस्तो देखियो । यसले एमालेलाई केही फरक पार्दैन,’ उनले भने, ‘ओइलिएर पहेँलीएको पात चुँडिएर झर्दा ‘सुपरग्लू’ले टाँस्नुको अर्थ हुँदैन ।’
नेता ओलीले सम्पत्ति सुद्धिकरणमा कथित ‘डन’हरुलाई मुद्दा चलाएकोमा आपत्ति जनाएका छन् । ‘एमालेका खेलकुदका कुुसल खेलाडी युवाहरुलाई नकरात्मक अर्थ लाग्ने ‘डन’को संज्ञा दिएर बद्नाम गर्ने काम भइरहेका छ’ उनले भने ।

प्रतिक्रिया