कम्प्युटर सहयोग

काठमाडौं : लर्डबुद्ध एजुकेसन फाउन्डेसनले रसुवाको एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । फाउन्डेसनले रसुवाको कालिका उच्च माविलाई १० थान कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको हो । विद्यालयको कामलाई छिटोछरितो बनाउन कम्प्युटर प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले काठमाडौं, पोखरा, जनकपुर, वीरगन्ज र  विराटनगरका गरी १० महिलालाई नि:शुल्क कम्प्युटर तालिमसमेत दिएको छ ।  महिलालाई कम्प्युटर तालिम प्रदान गरी दक्ष बनाउने उद्देश्यका साथ एक सातादेखि ६ महिना अवधिसम्मको तालिम सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया