‘छोटा राजन’का नाममा अपराध गर्ने पक्राउ

Thakur-Prakash-Bkकाठमाडौं, ५ जेठ । विभिन्न व्यक्तिलाई विदेशी नम्वरबाट टोलिफोनबाट धम्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
छोटा राजनको नामबाट फोन गरी अपहरण तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने कास्कीका ठाकुर प्रकाश विश्वकर्मालाई जेठ दुई गते काठमाडौंमा पक्राउ गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीय ठाकुरको स्थायी घर कास्की चापाकोट–३ घर हो । हाल उनी धापासी–९, बसुन्धारा बस्दै आएका थिए ।
ठाकुरले काठमाडौं बालुवाटार निवासी अनिल विश्वकर्मा गजमेरलाई विभिन्न विदेशी नम्बरबाट ज्यान मार्ने तथा अपहरणको धम्की दिन थाले पछि प्रहरीले ठाकुराको खोजी गरेको थियो ।
अनिललाई विभिन्न विदेशी नम्वरहरुबाट ठाकुरले छोटा राजनका नाममा ज्यान मार्ने धम्की दिई रकम माग गर्दै आएका थिए ।
व्यावसायिक रिसईवीका कारण ठाकुरले मलेशिया, अष्ट्रेलियालगायतका देशहरुमा रहेका साथीहरु मार्फत अनिललाई फोन गर्न लगाई धम्की दिँदै आएको प्रहरी भनाई छ ।

प्रतिक्रिया