जसको विचार उसकै नेतृत्व: पोखरेल

Shankar Pokarelकाठमाडौं, ४ जेठ । नेकपा एमालेका सचिव शंकर पोखरेलले एमाओवादीले चुनाव भा“ड्न र टार्न खोजिरहेको आरोप लगाएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिव पोखरेलले जतिसुकै चुनावको कुरा गरेपनि एमाओवादी सकेसम्म चुनाव हुन नदिने मनस्थितिमा रहेको आरोप लगाए । ‘असार ७ मा माओवादीकै कारण चुनाव हुन नसक्ने अवस्था सिर्जना भएको हो, पोखरेलले भने–‘अहिलेकै अवस्था लम्बिए आगामी मंसिरमा हुनेमा पनि आशंका छ ।’
सचिव पोखरेलले यसअघि एमालेको बिचार तर माओवादीको नेतृत्व भएका कारण संविधानसभा विघटन भएको बताए । सशस्त्र युद्धमार्फत दीर्घकालिन क्रान्ति नेपालको परिवर्तनको एकमात्र संवाहक भन्ने माओवादी १२ बु“दे समझदारीपछि हारेर एमालेको नीतिमा समाहित भएको भन्दै सचिव पोखरेलले अबको संविधानसभामा जसको नीति उसकै नेतृत्व हुनुपर्ने भनाई व्यक्त गरे । बैचारिक उत्कृष्टता र एसियामै व्यवस्थित कार्यकर्ता शक्ति एमालेमा रहेको पोखरेलको दाबी छ ।
चुनावी अभियान अन्र्तगत नेकपा एमालेले देशभर कार्यकर्ता भेला, छलफल र आमसभालाई तीव्र पारेको छ ।

प्रतिक्रिया