चुनावको मिति घोषणामा किन ढिलाई : महत

ramsaran mahatचितवन, ४ जेठ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले तत्कालै संविधानसभाको मिति घोषण गर्न सरकारसंग माग गरेका छन् ।
सरकार गठन भएको दुई महिना बितिसक्दा समेत निर्वाचनको मिति घोषणा नहुनुले सरकारप्रति नै आशंका उब्जिएको नेता महतले बताए । उनले नेकपा माओवादी सहितका साना ३३ दलहरु वार्तामा नआए चुनावको मिति घोषणा गरेर अगाडि बढ्न सरकारलाई सुझाव दिए । पश्चिम चितवनको पार्वतीपुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा सहभागी हुन चितवन आउनु भएका नेता महतले भरतपुर विमानस्थलमा पत्रकारसंग प्रतिक्रिया दिर्दै निवार्चनको विकल्प नभएकाले सरकारले चुनावको मिति घोषणा गरेर चुनाबको माहोल सिर्जना गर्नुपर्ने भनाई व्यक्त गरे । निष्पक्ष र धाधलीरहित निर्वाचन भए कांग्रेसले बहुमत ल्याउने उनको दावी थियो ।

प्रतिक्रिया