′निर्वाचन अघि राजनीतिक नियुक्ति खारेज′

Prakashman-Shingकाठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर नगरेसम्म निष्पक्ष निर्वाचन हुन नसक्ने दावी गरेका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा आज आयोजित कार्यकर्ता भेला कार्यक्रममा महामन्त्री सिंहले आसन्न निर्वाचनलाई प्रभावित पार्न अघिल्लो सरकारले महत्वपूर्ण ठाउमा आफु अनुकुल व्यक्तिलाई नियुक्त गरेको बताए । निष्पक्ष निर्वाचन गर्ने हो भने सम्पुर्ण राजनीतिक नियुक्ति खारेज हुनैपर्छ, सिंहले भने, ‘यो साहस बर्तमान सरकारले देखाउन सक्छ कि सक्दैन, परीक्षाको बिषय हो ।’
महामन्त्री सिंहले निर्वाचनमा थ्रेसहोल्डको व्यबस्था राख्नुपर्नेमा जोड दिए । थ्रेसहोल्डले दललाई नागरिक र देशप्रति जिम्मेवार बनाउने उनको विश्वास थियो । यस्तै कांग्रेसलाई संघीयता विरोधी पार्टीका रुपमा चित्रित गरेर जनताका बीच भ्रम फैलाउन खोजिएको भन्दै सिंहले भने, ‘हामी जातीयतासहितको संघीयता मान्दैनौ तर सामथ्र्य र पहिचानका पक्षमा हामी छौं, यही नै हाम्रो चुनावी नारा पनि हो ।’

प्रतिक्रिया